– मोहन विष्ट
महेन्द्रनगर, २५ जेठ । भारत जान लागेका पोखराका दुई युवतीलाई माईती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट उद्दार गरेको छ ।
महेन्द्रनगर घुम्न आएको भन्दै बनबासातिर गईरहेका युवतीहरुलाई उद्दार गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले हिडेर बनबासातिर गईरहेको अवस्थामा माईती नेपालले सोधपुछका क्रममा उनीहरु जोखिममा पर्न लागेको भन्दै उद्दार गरिएको बताईन् ।
‘पोखराबाट महेन्द्रनगर घुम्न आएको भन्ने तर, बनबासातिर हिडेरै जानु संस्कास्पद थियो,’ उनले भनिन् ‘उनीहरुलाई दुवैलाई तस्करले काउन्सिलिङ्ग गरेको होला ।’ दुवै युवती माईती नेपाल गड्डाचौकी प्वाईन्टमा पुग्नुभन्दा केहि समय अघि दुई युवती झोला लिएर बनबासातिर गएका थिए । मानव तस्करले सीमा चेकचाँज क्षेत्रमा अलग अगल जाँदा कसैले शंका गर्न नसक्ने भएकाले उनीहरुलाई यसरी बनबासातिर जान लगाएको माईती नेपालले दावी गरेको छ ।
१८ र २१ बर्षिय दुवै युवती बिवाहित हुन् । बिबाहित युवतीहरु आफुलाई दिदीबहिनी भएको बताउदै आएका छन् । उनीहरु श्रीमान घरपरिवार छलेर भारत जान लागेको माईती नेपालले अनुमान गरेको छ । अनेकन बहानामा मानव तस्करले महिलाहरुलाई छल्दै भारत लैजाने गरेको संयोजक भट्टको अनुभव छ ।
दुवै युवती माईती नेपाल कञ्चनपुरमा छन् । परिवारसित सम्पर्क गरेर उनीहरुलाई बुझाईने माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले बताईन् ।













प्रतिक्रिया