बारा, २५ जेठ । उद्योगपति सुरेश केडियाको अपहरणमा संलग्न भएको अभियोगमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बिरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बेलुका पाँच बजे आफ्नै निवास महागढीमाई नगरपालिका बरियारपुर २ भन्सिया टोलबाट यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बिनोद शर्माले जानकारी दिए ।
शर्माको नेतृत्वमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको थियो । केडियाको अपहरण अभियोगमा महागढीमाई नगरपालिका १ बरियारपुर टोलका पुष्कर सिंह, इनरवाका जियालाल यादव, कवहिका चनचलबाबा र एक जना भारतीय नागरिक पक्राउ परेका छन ।
केडियाको जेठ १३ गते महागढीमा नगरपालिका बरियारपुरको पसाह खोलाबाट बेलुका साढे ६ बजे अपहरण भएको थियो । केडियालाई भारतीय प्रहरीको सहयोगमा भारतको मोतिहारी जिल्लाबाट शकुशल मुक्त गरिएको थियो ।












प्रतिक्रिया