१८ कार्तिक २०८३, बुधबार

दोषीले माफी मागेपछि स्वास्थ्य चौकीको ताला खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

डोटी, २५ जेठ । स्वास्थ्य चौकी ईन्चार्ज माथि दुर्ब्यबहार गरिएपछि तालाबन्दी गरिएको डोटीको चवराचौतारा स्वास्थ्य चौकीमा लगाईएको ताला खुलेको छ ।

ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले बाताबरण दिवस मनाउने क्रममा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज हिरा शाह माथी स्थानिय चक्र केसीले अभद्र ब्यबहार गर्नु भएको थियो ।

अभद्र ब्यबहार गर्ने के.सी माथी कारवाहीको माग गर्दै स्वास्थ्य ब्यवस्थापन समिती, महिला स्वास्थ्य स्वयं सेबिका, स्वास्थ्य कर्मचारीहरुको संयूक्त बैठकले निर्णय गरी स्वास्थ्य चौकीमा सेवा बन्द गर्ने निर्णय गरिएको थियो ।

संयूक्त स्वास्थ्य कर्मी ट्रेड यूनियन डोटीको समन्वयमा, प्रशासन, बुद्धिजिवी, समाजसेवी लगायत स्थानिय स्तरका राजनितिक दलहरुको रोहवरमा गल्ति स्विकार गर्दै दोषीले स्वास्थ्य चौकी ईन्चार्ज शाह संग लिखित रुपमा माफी मागे पछि ताला खुलेको हो । ईन्चार्ज शाह माथी दुर्ब्यबहार भएपछि स्वास्थ्य चौकीमा प्रसुती सेवा बाहेक सवै सेवा बन्द गरिएका थिए ।

संयूक्त स्वास्थ्य कर्मी ट्रेड यूनियन डोटीका अध्यक्ष बमबहादुर खडकाका अनुसार स्वास्थ्य चौकी ईन्चार्जको शाहको ब्यक्तिगत मान मर्यादामा समेत आच आउने किसिमको ब्यबहार भए पछि स्वास्थ्य चौकीमा ताला बन्दी गरिएको थियो ।

अध्यक्ष खडकाले भन्नु भयो – स्थानिय पार्टी प्रतीनिधि, प्रहरी प्रशाशन, बुद्धीजीबि, महिला तथा समाजसेबीहरुको आम भेलामा अभद्र ब्यवहार प्रदर्शन गर्ने चक्र केसीले स्वास्थ्य चौकि ईन्चार्ज हिरा शाह र संयूक्त स्वास्थ्य कर्मी ट्रेड यूनियन, डोटी संग गल्ती गरेकोमा क्षमायाचना सहित अब उपरान्त यस्ता गतीबिधि गर्ने छैन भनी लिखित क्षमायाचना गरेको छ । दोषीलाई सजाय स्वरुप चवरा चौतारा स्वास्थ्य चौकिमा एक दिन आफै श्रम गर्ने सहमती भएको छ ।

स्थानिय खानेपानी उपभोक्ता समितीका अध्यक्ष समेत रहनु भएका चक्र केसीले स्वास्थ्य चौकी ईन्चार्ज शाह माथी अभद्र ब्यबहारको आरोप लागे पछि खानेपानि उपभोक्ता समितीको अध्यक्ष पदवाट समेत राजिनामा दिनु भएको बताईएको छ ।