३१ आश्विन २०८३, शनिबार

बङ्गलादेशमा हिन्दू पुजारी मारिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bangladesh

ढाका, २५ जेठ । पश्चिमी बङ्गलादेशमा मङ्गलबार एकजना हिन्दू धर्मका पुजारी मारिएको खबर छ । अज्ञात आक्रमणकारीले ७० वर्षका ती हिन्दू पुजारीको हत्या गरेका छन् ।

बङ्गलादेशमा अल्पसङ्ख्यक धार्मिक व्यक्तिको हत्या गर्ने क्रमको यो पछिल्लो शृंखला भएको प्रहरीले जानकारी दिएको छ ।

यसरी मारिनेमा यसअघि पनि बङ्गलादेशमा बसोबास गरिरहेका विभिन्न धर्मका व्यक्ति परेका थिए । पछिल्लो समयमा यहाँ मुस्लिम अतिवादीहरुले यसरी फरक धर्मका व्यक्तिको हत्या गर्ने गरेका छन् ।

हत्या भएका पुजारी आनन्द गोपाल गंगुली रहेका छन् । उनलाई आफ्नो घर बङ्गलादेशको जेनिदाह जिल्लाको नोलदांगामा हत्या गरी नजिकैको खेतमा फालिएको बताइएको छ ।

हत्या गरेर उनलाई आफ्नै खेतमा फालिएको अवस्थामा मङ्गलबार भेटिएको प्रहरीले जनाएको छ । उक्त जिल्लाका प्रहरी उपप्रमुख गोपीनाथ कान्जीलालले उनलाई हत्या गरेर खेतमा फालिएको अवस्थामा भेटिएको जनाएका हुन् ।

धारिलो हतियारले उनको घाँटी रेटेर हत्या गरिएको पनि प्रहरी उपप्रमुख कान्जीलालले जनाएका छन् । रासस/एएफपी