१८ कार्तिक २०८३, बुधबार

सदनमा तार्किक र सशक्त रुपमा प्रस्तुत हुन देउवाको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-1काठमाडौँ, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पार्टीका सांसदलाई सदनमा तार्किक र सशक्त रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

व्यवस्थापिका–संसद्मा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा काँग्रेस संसदीय दलमा आज भएको छलफलमा पार्टी सभापति देउवाले प्रजातन्त्रलाई बलियो बनाउन काँग्रेस नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

दलको कर्यालय सिंहदरबारमा भएको अनौपचारिक बैठकमा सदनमा प्रस्तुत भइरहेका विधेयकका सम्बन्धमा छलफल भएको सचेतक ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

बैठकमा सरकारले सदनमा प्रस्तुत गरिरहेका विधेयक र संसद् नियमावलीमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सदस्यहरुले धारणा राख्नुभएको थियो । रासस