मलेखु (धादिङ), २४ जेठ । मध्यधादिङको नीलकण्ठ नगरपालिका वडा नं १० झगरेस्थित पञ्चकन्या प्राविका प्रअ रामप्रसाद रिजाल सहित दुई जनालाई शिक्षक बिक्री गर्न लागेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ ।
आफैंले विद्यालयमा खेतालाका रुपमा राखेका दुई शिक्षकलाई विद्यालयका प्रअ रामप्रसाद रिजाल र शिक्षक धुव्र रिजालले सदरमुकाममा तलब खानका लागि बोलाएर बिक्री गर्न लान लागेको आरोप लगाई पीडितले उजुरी दिएपछि रिजालद्वयलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रअ रामप्रसादलाई जिल्ला सदरमुकाममा खेतालाका रुपमा राखिएका शिक्षकलाई तलब लिनका लागि बोलाएर चिया खान लगाई सो चियामा लठ्याइने विष हालेर खुवाउन जोड गरेको र धु्रवलाई आफ्नो पसलमा बोलाएर चाँजोपाँजो मिलाएको आरोप लगाई पीडितले दिएको जाहेरीमा उल्लेख छ । घटनाका सम्बन्धमा आरोपित शिक्षकले आफूहरुको बेचबिखनको कुनै नियत नरहेको बताएका छन् । रासस













प्रतिक्रिया