१८ कार्तिक २०८३, बुधबार

रकम हिनामिना गर्ने विद्यालयका अध्यक्ष, प्रअ र लेखापालविरुद्ध मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, २४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको हिनामिना गरेको अभियोगमा दाङस्थित पञ्चकुले सरस्वती उमावि व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र लेखापालविरुद्ध आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम चौधरी, प्रअ वासुदेव मल्ल र लेखापाल दलबहादुर वलीले विभिन्न आवमा प्राप्त रु आठ लाख ८२ हजार ६२ हिनामिना गरेको अध्ययनबाट पाइएको हो ।

भवन निर्माणमा क्रममा निर्धारित कार्यमा निर्धारित गुणस्तरभन्दा झुटो बिल भर्पाई बनाई गैरकानुनी काम गरेको र अनावश्यक लाभ लिएको पाइएकाले उनीहरुबाट बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस