१८ कार्तिक २०८३, बुधबार

दुई दिनमा दुई सय बढी नागरिकता वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Nagrikta Citizenship– झलक पाली

डोटी, २४ जेठ । डोटीको सानागाउँ गाविसमा आयोजित दुई दिने नागरिकता वितरण घुम्ती शिविरबाट दुइ सय ३ जनाले नागरिकता पाएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटी अन्तरगत गठित जिल्ला मतदाता मञ्चको सहयोगमा जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा सम्पन्न शिविरबाट १ सय २१ महिला र ८२ पुरुषहरुले नागरिकता पाएका हुन् ।

सानागाउँ, गाँजरी, पोखरी, काँडामाण्डौ, गैरागाउँ, खिरसैन र लडागडालाई लक्ष्यित लगाएतका क्षेत्रका सेवाग्राहीहरुलाई लक्ष्यित गरि नागरिकता वितरण शिविर आयोजना गरिएको हो ।

ग्रामीण भेगबाट जिल्ला सदरमुकाम पुगेर नागरिकता बनाउनुभन्दा सर्व– साधारण नागरिकले गाउँमै सहज पहुँचसाथ नागरिकता बनाउन पाउन् भन्ने उद्धेश्यले शिविर आयोजना गरिएको डोटीका प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले बताए ।

आफुहरुले घरधुरी सर्वेक्षण गरे अनुसार झण्डै साढे तीन सय जनाले नागरिकता बनाउन सक्ने देखिएको भए पनि कमै मानिसहरु नागरिकता लिन आएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला कार्यक्रम संयोजक मिथुन सिंजापतीले बताए ।

नागरिकता बनाउन बाँकी रहेका त्यस क्षेत्रका बढिभन्दा बढि मानिसले नागरिकता शिविरबाट नागरिकता बनाउन् भन्ने उद्धेश्यले स्थानीय तहमा स्वयंसेवक समेत परिचालन गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सामुदायिक सहजकर्ता अमिर सोवले जानकारी दिए ।

त्यस्तै सोहि शिविरबाट १ सय २५ महिला र ८७ पुरुष गरि दुई सय १२ जना मानिसले फोटो सहितको मतदाता परिचय पत्र बनाएको जिल्ला निर्वाचन कार्यालय डोटीबाट शिविरमा सहभागि हिक्मतबहादुर बिष्टले जानकारी दिए ।

यसैबिच १० जना अपाङ्गता भएका व्यक्तिहरुले परिचय पत्र बनाएको अपाङ्ग सेवा संघ डोटीका अध्यक्ष महादेव भारतीले जानकारी दिए ।

सोहि शिविरमै जिल्ला स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको स्वास्थ्य शिविरबाट ४९ पुरुष र १ सय ४२ जना महिलाले सेवा लिएको जिल्ला स्वास्य कार्यालयका जनस्वास्थ्य निरिक्षक रमेश मलासीले जानकारी दिए ।

यद्यपी शिविरका लागि सरोकारवाला निकायहरु र सेवाग्राहीसँग प्रभावकारी समन्वय नभएकाले सेवाग्राहीको संख्या सबै मानिसले सेवा पाउन भने सकेनन् ।