१८ कार्तिक २०८३, बुधबार

सेनाको फायरिङ्ग हेर्न सालझण्डी पुगे प्रधानसेनापति क्षत्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sena-Fyaring

काठमाडौं, २४ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सैनिक व्याटल स्कुल, सालझण्डीमा जेठ १६ गतेदेखि संचालन भइरहेको केन्द्रिय तहको पेशागत प्रतियोगिताको सोमबार निरीक्षण गरेका छन् ।

उक्त प्रतियोगिता पृतना तहबाट उत्कृष्ट भई छनौट भएका पदिक गण-१० र अनाश्रित गुल्म-५ का फौजहरु सहभागी भई मिति २०७३ जेठ १६ गतेदेखि संचालन भएको हो ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले उक्त प्रतियोगिताको अब्स्ट्याकल, फायरिङ्ग तथा सेमु व्याटल ड्रिलको निरीक्षण गरे । यसअघि निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी नैनराज दाहालले पेशागत प्रतियोगिता संचालनबारे प्रधान सेनापति क्षत्रीलाई प्रस्तुतिकरण मार्पmत जानकारी गराएका थिए ।

निरीक्षणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पेशागत प्रतियोगिता अन्तर्गत धादिङ जिल्लाको गजुरीस्थित त्रिशुली नदीमा संचालन भईरहेको वाटरम्यानसीप इभेन्टको समेत निरीक्षण गरे ।

उक्त निरीक्षण कार्यक्रममा प्रधान सेनापतिको साथमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापा लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागिता थियो ।

उक्त निरीक्षण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति आजै काठमाण्डौ फिर्ता भएका छन् ।