काठमाडौं, २४ जेठ । नेपाल स्काउट काठमाडौँ जिल्ला अन्तर्गत सञ्चालित श्री महांकाल स्काउट ट्रपका करिब ५० जना स्काउटलाई मानबअधिकारका लागि युवा (youth for human rights international ,Nepal chapter) का नेपालका लागि अधिकारिक प्रधिनिधि गुणराज प्याकुरेलले मानब अधिकार सम्बन्धी जानकारी दिएका छन् ।
सन् १९४८ मा संयुक्त राष्ट्र संघ द्वारा प्रतिपादित मानब अधिकारका ३० धारा लाई बिद्यार्थीहरु माझ लादै आएका छन् । यसअघि प्याकुरेलले विभिन्न स्कूल, क्याम्पसका बिद्यार्थीहरुलाई मानब अधिकार सम्बन्धी कार्यक्रम गरिसकेका छन् ।
सन् २००१ बाट सुरुभएको यो अभियान नेपाल मा सन् २००९ मा ल्याइएको हो । नेपालमा मानब अधिकारका लागि युवा (youth for human rights international ,Nepal chapter )का तीन च्याप्टर क्रियासिल छन् ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले साथ दिएमा नेपाल भरिका सम्पुर्ण स्काउटहरुलाई मानब अधिकार शिक्षा दिने जानकारी नेपाल स्कोउट्सका राष्ट्रिय परिसद सदस्य समेत रहेका प्याकुरेलले जानकारी दिए ।
यसअघि विभिन्न अवसर परेर चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगिता, तथा चेतनामुलक रयाली आयोजना गरिसकिएको जानकारी दिपेन्द्र डंगोलले दिए । डंगोल नेपालमा मानब अधिकारका लागि युवा (youth for human rights international ,Nepal chapter)का सक्रिय सदस्य हुन् ।













प्रतिक्रिया