१८ कार्तिक २०८३, बुधबार

युवा संघको ‘ग्रिन काठमाडौं, क्लिन काठमाडौं’ अभियानको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yaan-green-ktm

काठमाडौं, २३ जेठ । युवा संघ नेपाल केन्द्रिय बातावरण तथा पर्यावरण संरक्षण विभागले विश्व वातावरण दिवसको अवसरमा आज प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

नयाँ बानेश्वरस्थित अल्फा हाउसबाट सुरु भएको र्याली एभरेस्ट होटेल अगाडी पुगेपछि कोण सभामा परिणत भएको थियो । प्रभात फेरिलाई सम्बोधन गर्दै प्रमुख अथिति एबं युवासंघ अध्यक्ष राजीव पहारीले बातावरणको संरक्षणमा अब युवाहरुले अग्रसरता लिनुपर्ने बताए ।

Rajib-Pahari
अभियानको घोषणा गर्दै अध्यक्ष राजीव पहारी

‘आज जलबायु परिवर्तनको असर विकासोन्मुख तथा अल्पविकसित राष्ट्रमा बढी देखिएको छ र यस्ता राष्ट्रका सरकारले विशेष रणनीति तय गर्न आवश्यक छ,’ उनले भने– ‘हामी हाम्रो भावी पुस्तालाई समृद्धि एबं स्वच्छ बिश्व दिन चाहन्छौ ।’

हाम्रा हिमालहरुमा आज हिउको सतह क्रमशः घट्दै गएको र बिश्वको तापक्रम दिन दिनै बढिरहेको भन्दै कार्बन उत्सर्जन, ओजन लेयर फर्मेसन एबं अल्प वृष्टिजस्ता समस्याको बारेमा अब ब्यापक खुलेर बहस तथा छलफल हुन जरुरी रहेको औल्याए ।

बातावरण प्रदुषित बनेको कारण बिभिन नयाँ रोगहरु आज मानव जातिमा देखिएको भन्दै समय मै हामीले यो सवालमा सचेतना जगाउनुपर्नेमा समेत उनले जोड दिए ।

यसै बीच अध्यक्ष पहारीले बातावरण जोगाउन युवा संघको ‘ग्रिन काठमाडौं, क्लिन काठमाडौं’ अभियानको घोषणा गरे । यो अभियानअन्तर्गत काठमाडौंका २५ स्थानमा फोहोर मलाई लेखिएका एक हजार डिब्बा राखिने छ ।

त्यस्तै हरेक हप्ता विभिन्न ठाउँको सरसफाइ एबं सचेतना अभियान मुलुकै भरि संचालन हुनेछ । आफ्नो अगाडीको फोहोर आफै व्यवस्थापन गरौ भन्ने अभिप्रायका साथ हाम्रो सहर राम्रो सहर बनाइने जनाइएको छ ।

Yaan-green-ktm-1

यसैबीच युवासंघ नेपाल बातावरण बिभाग प्रमुख रामकाजी बान्तवाले बन्यजन्तुको चोरीसिकारी नियन्त्रण गर्दै ओसार पसारलाई युवाहरुले नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रम बिभाग सचिव सारदा घलेले संचालन गरेकी थिइन् ।