श्रीनगर (भारत), २२ जेठ । भारत प्रशासित कास्मिरको उन्नतनाग सहरमा विगत दुई दिनभित्र पाँच सुरक्षाकर्मीको स्वचालित हतियारद्वारा गोली हानी हत्या गरिएको प्रहरीले शनिबार बताएको छ ।
शनिबार नियमित गस्तीमा हिँडेका दुई सुरक्षाकर्मीमाथि आक्रमण गर्दा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रहरीमाथि आक्रमण गरी आक्रमणकारी घटनास्थलबाट भागेका प्रहरी इन्स्पेक्टर जनरल जविद गिलानीले एएफपीलाई बताउनुभयो ।
शुक्रबार पनि सङ्कास्पद विद्रोहीद्वारा भारतीय सीमा सुरक्षा बलको अर्धसैनिक दस्ताका तीन जनालाई स्वचालित राइफलमार्फत आक्रमण गरी हत्या गरेका थिए ।
शुक्रबारको हत्याको भारतमा दशकौंदेखि विद्रोह गर्दै आएको हिजबुल मुजाहिद्दित समूहले जिम्मा लिएको भए पनि शनिबारको हत्याको कसैले जिम्मा लिएको छैन । मुजाहिद्दित समूहले स्वतन्त्रताका लागि वा भारतीय उक्त भूभागलाई पाकिस्तानसँग मिलाउनुपर्ने भन्दै सङ्घर्षरत रहेको छ ।
कास्मिर भारत र पाकिसतानबीच सन् १९४७ देखि विभाजित रहँदै आएको छ । दुवै देशले कास्मिर आफ्नो भएको दाबी गर्दै आएका छन् ।
विवादका कारण दशौँ हजार मानिसले उक्त क्षेत्रमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा प्रायः सामान्य नागरिक रहने गरेको बताइन्छ । रासस/एएफपी
















प्रतिक्रिया