१८ कार्तिक २०८३, बुधबार

एपीएफ टोलीद्वारा लागू औषधसहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apfसुनसरी, २२ जेठ । सुनसरी जिल्लाको हरिपुर गाविस ७ पूर्वी टोलियाबाट जेठ २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको भरौल १ वस्ने २१ वर्षिय अजय राई र २१ वर्षिय घनश्याम दाहाल छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।

एपीएफ टोलीले त्यसठाउँमा जाँच गर्ने क्रममा निज राईको साथबाट १ सय ४० वटा नाइट्रोजन ट्याब्लेट र दाहालको साथबाट ३ वटा फेनारगन एम्पुल फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।