– सरु शर्मा
नवलपरासी, २२ जेठ । नवलपरासीमा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान करिव ८ बजेको समयमा पानि सँगै परेको चट्याङ लागेर नयाँ बेलहानी ६ द्धारदामा सोही ठाउ निवासी ४९ बर्षीया राम बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकार दिएको छ । भने चट्याङ लागेर सोही स्थानका अन्य ३ जना घाईते भएका छन् ।
चट्याङ लागेर घाईते भएका कुमाललाई उपचारका लागी कावासोति नगरपालिकामा रहेको मध्यबिन्दु अस्पतालमा लगिएकोमा अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अन्य तिन जनाको उपचार भैरहेको छ ।












प्रतिक्रिया