१८ कार्तिक २०८३, बुधबार

‘राष्ट्रिय अखण्डताको रक्षाका लागि माओवादी एकता’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Bhadur-Thapa-Badalसिन्धुली, २२ जेठ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले छरिएर रहेका क्रान्तिकारी शक्तिको एकता गर्दै चाँडै एकता महाधिवेशन गरी क्रान्तिकारीको दूरगामी यात्रालाई व्यवस्थित गर्न आफूहरु लागिपरिरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले वैदेशिक हस्तक्षेप विरुद्ध, राष्ट्रिय अखण्डताको रक्षा र जनजीविकाका विषयमा अहिले एकता भएको बताउनुभयो ।

अर्का नेता नारायणकाजी श्रेष्ठले अहिलेको सरकारले ल्याएको बजेट सकरात्मक भएको र आफूहरुले सकारात्मक तवरले समर्थन गर्दैआएको बताउनुभयो ।

नेता श्रेष्ठले बजेट जनमुखी र सकारात्मक भएको तर्क गर्दै यसको सही रुपले कार्यान्वयन भए अर्को सुन्दरता थपिने बताउनुभयो । रासस