म साउथ अफ्रिकामा रहँदा चिनजान भएका नाइजेरियन नागरिक लुइसले एक दिन मलाई फोन गरी ब्राजिल जानुपर्ने भने । साउद अफ्रिकाबाट दुबई, दुबईबाट ब्राजिल, ब्राजिलबाट पुन: दुबई हुँदै नेपालसम्म जानुपर्ने भन्दै टिकट र भिसाको व्यवस्था मिलाएर दुई सय ५० अमेरिकन डलर पनि दियो । सोहीअनुसार १४ मार्च २०१६ मा म ब्राजिलको सापाउलो पुगेँ । ब्राजिल पुगेपछि लुइसले भनेको व्यक्तिलाई फोन गरेँ । एयरपोर्टमा नाइजेरियन नागरिक केन्नी ट्याक्सी लिएर मलाई लिन आयो ।
नयाा पत्रिका दैनिकले अगाडि लेख्छ उसले ओइबो नाम गरेका साथीको घरमा पुर्यायो । ओइबोले मलाई कालो झोला र एक सय डलर दियो । त्यहाँ म ६ दिने बसेँ । झोलामा चारवटा स्याम्पुका बोतल थिए । बोतलभित्र लागुऔषध कोकिन रहेको र त्यो काठमाडौं पुर्याइदिए ४० हजार यान्ड (करिब ३ लाख नेपाली रुपैयाँ) दिने कुरा गरेका थिए ।
त्यसपछि सामान लिएर म २२ मार्चमा ब्राजिलबाट दुबई गएँ र २४ मार्चमा काठमाडौं ओर्लिएँ । एयरपोर्टमै एनसेलको सिमकार्ड लिएँ । लुइसले दिएको ठेगानाअनुसार ठमेलस्थित काडसार होटलमा गई ३०२ नम्बरको कोठामा बसेँ । मैले आफूसँग ल्याएको सामान कसैलाई दिनु थियो । ऊ २६ मार्चमा सामान लिन आउने कुरा लुइसले मलाई जानकारी गराएको थियो । त्यही क्रममा ९१९७१७३७९३३९ नम्बरको मोबाइलबाट मलाई फोन आयो । उसले म बसेको ठेगान एसएमएसमार्फत माग्यो ।
तर, दुई दिन बितिसक्दा पनि ऊ आएन । फेरि लुइसलाई सम्पर्क गरेँ । उसले अझै पाँच दिन लाग्ने बतायो । त्यसपछि एक भारतीय पुरुषले फोन गरी चिन्ता नलिन भन्दै आफू भोलि बिहान १० बजे आइपुग्ने जानकारी गरायो । म होटेलमै बसिरहेँ । २८ मार्चमा एक भारतीय महिला आइन् । उनी कोकिन लिन आएकी थिइन् । होटेलबाट निस्किएर हामी क्षेत्रपाटीस्थित सडकमा गयौँ । त्यहाँ मैले उनलाई कोकिन रहेको स्याम्पुको बोतल दिँदै गर्दा प्रहरीले पक्राउ गर्यो ।
साउथ अफ्रिकाको केपटनपार्कमा बस्ने लुइस भन्ने व्यक्तिसँग मेरो एक वर्षअगाडि चिनजान भएको हो । मैले उसलाई कुनै काम खोजिदिन आग्रह गरेँ । उसले मलाई पासपोर्ट बनाउन भन्यो । पासपोर्ट बनाउन पैसा पनि उसैले दियो । उसले मलाई कामबारे बतायो । म भारत जानुपर्ने भयो । भारत गएर माइक भन्ने व्यक्तिसँग भेट्न लगायो । टिकट काटेर मलाई पाँच सय डलर खर्च पनि दियो । भारतमा पुगेपछि लुइसको मान्छे इम्यानुअरलले मलाई रिसिभ गयो ।
उसको भाडाको घरमा पुर्याएपछि सुटकेसमा रहेको मेरो सामान निकाल भन्यो र सुटकेस लिएर एक्लै कतै गयो । त्यसपछि उसले माइक भन्नेको कोठामा लग्यो । माइकले मेरो फोन नियन्त्रणमा लियो । दिल्ली लगेर मलाई फिलिपिन्स जान भनियो । टिकट काटेर ५ सय डलर दियो, फिलिपिन्स पुगेर सम्पर्क गर्ने फोन नम्बर पनि दिइएको थियो । फिलिपिन्स पुगेपछि लुइसले मलाई फोन गर्यो । ‘सामान माइकले भनेको व्यक्तिलाई नदिनू, मैले भनेको व्यक्तिलाई दिनू’ भन्यो ।
मैले माइकले भनेको व्यक्तिलाई फोन गरिनँ, लुइसले भनेको व्यक्तिलाई फोन गरेँ । दुवैले भनेका व्यक्ति साथी भएकाले दुवैजना सँगै आए । उनीहरूले मलाई एउटा रेस्टुरेन्टमा लिएर गए । रेस्टुरेन्ट नाइजेरियनकै थियो । सामान कसले लैजाने भन्नेमा उनीहरूबीच विवाद भइरहेको थियो । दुवैजना नाइजेरियन नागरिक थिए । पछि, उनीहरूले विवाद मिलाए । मलाई ५ सय डलर दिएर दिल्ली फर्काए । दिल्लीमा माइकले भनेको व्यक्तिसँग केही दिन बसेर म साउथ अफ्रिका फर्किएको थिएँ । त्यसवेला मेरो झोलामा कति कोकिन थियो भन्ने मलाई थाहा थिएन । (प्रहरीमा दिएको बयानमा आधारित)















प्रतिक्रिया