१ कार्तिक २०८३, शनिबार

प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशाला बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-cricket-Ground-Kathmandu

कतार, २० जेठ । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ ।

कतारस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग बुधबार भएको भेटमा उहाँले खेलकुदको विकास र स्तरवृद्धि गर्न आफू तत्पर रहेको बताउनुभयो । खेलाडीलाई प्रशिक्षण, तलब र भत्ता वृद्धि गरिने जानकारी दिँदै मन्त्री मण्डलले खेलाडीको स्वास्थ्य बीमासमेत गरिने बताउनुभयो ।

सो अवसरमा मन्त्री मण्डलले कतारका लागि नेपालका कावा राजदूत मणिरत्न शर्मा र विभिन्न सङ्घ, सङ्गठनका प्रतिनिधिसँग कतारमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस