३१ आश्विन २०८३, शनिबार

अमेरिकालाई रोक्न दक्षिण चीन सागरमा चीनले चाल्यो कडा कदम!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनको दक्षिणी सागर
चीनको दक्षिणी सागर

काठमाडौं, २० जेठ । चीनले विवादित दक्षिणी चीन सागरमा उपर (आकाश) वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) घोषणा गर्ने तयारी गरेको छ ।

चिनियाँ पत्रिका ‘साउथ चाइना मर्निंग पोस्ट’का अनुसार पिपुल लिबरेसन आर्मी (पीएलए)का एक उच्च सैनिक अधिकारीले अमेरिकी सेनालाई समुद्रमा प्रवेश रोक्न चीन वायु रक्षा पहिचान क्षेत्र घोषणा गर्ने अन्तिम तयारीमा पुगेको जनाएका छन् ।

समाचारमा भनिएको छ- अमेरिकी सेनाको ‘उक्साउने कदमहरु’लाई जवाफ दिन चीनले यस्तो तयारी गरेको हो ।

South-china-sea

ती चिनियाँ सैनिक उच्च अधिकारीले भनेका छन्- अमेरिका यदि यस क्षेत्रमा चीनको सम्प्रभुता (सोभरियन्टी)लाई चुनौति दिने खालका भड्काउ कदम उठाउन जारी राख्छ भने उसले दक्षिण चीन सागर क्षेत्रमा एडीआईजेड घोषित गर्नुपर्नेछ ।

चिनियाँ अधिकारीका अनुसार एडीआईजेड घोषणा गर्नु गर्दा क्षेत्रमा सुरक्षा स्थिती, खासगरी अमेरिकाको सैन्य उपस्थिती र छिमेकी देशहरुसँग उसको राजनीतिक सम्बन्धमाथि भर पर्नेछ ।

(चिनियाँ सञ्चारमाध्यमको सहयोगमा)