१ कार्तिक २०८३, शनिबार

सर्वोत्कृष्ट खेलाडी सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-NRAकाठमाडौं, १९ जेठ । नेपाली फुटबलमा महत्वपूर्ण योगदान पु-याउँदै आउनुभएका राष्ट्रिय टोलीका मिडफिल्डर राजु तामाङ वर्षको सर्वोत्कृट खेलाडीमा चयन हुनुभएको छ ।

त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने तामाङलाई प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले रु २५ लाख नगदसहित सम्मान गर्नुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बङ्गबन्धू गोल्डकप विजेता तथा १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही रु १०/१० लाखसहित सम्मान गर्नुभयो ।

गत वर्ष पुसमा बङ्गदेशमा भएको बङ्गबन्धु गोल्डकप विजेता टोलीका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई जनही पाँच लाख तथा त्यसको लगत्तै भारतमा सम्पन्न सागमा स्वर्ण जित्ने टोलीका सबै सदस्यले जनही पाँच लाख प्राप्त गरेका थिए ।

बङ्गबन्धु जित्ने टोली सिनियर राष्ट्रिय टोली भएपनि त्यसमा प्राय युवा खलाडी थिए । करिब एक महिनापछि भएको सागमा प्रतिनिधित्व गर्ने पनि प्राय तिनै खेलाडी थिए । त्यसैले तीन/चार जनाबाहेक सबै खेलाडीले जनही रु १० लाख प्राप्त गरेका छन् ।

त्यस्तै सोही सागमा रजत पदक जितेका महिला टोलीका सदस्यले जनही एक/एक लाख पाएका छन् ।