१ कार्तिक २०८३, शनिबार

राजु तामाङ सर्वोकृष्ट फुटबलर घोषित, प्रधानमन्त्रीबाट सम्मान स्वरुप २५ लाख ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raju-Tamang-Footballer_580719795

काठमाडौं, १८ जेठ । नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअन्तर्राष्ट्रिय फुटबलर राजु तामाङलाई वर्ष सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको छ ।

एन्फाले मंगलबार तामाङलाई वर्षको सर्वोकृष्ट खेलाडी घोषणा गर्दै नगद २५ लाख दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई २५ लाखको  चेक हस्तान्तरण गरेर सम्मान गरे ।

नेपाल आर्मीका मिडफिल्डर राजुलाई एन्फाले नेपाली फुटबलमा दिएको योगदानको मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।