नयाँदिल्ली, १८ जेठ । भारतको महाराष्ट्रस्थित नागपुरको पुलगांवमा रहेको सेनाको सबैभन्दा ठूलो हतियार डिपोमा आगलागी हुँदा १८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
डिपामा लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि पटक पटक हुने गरेको विष्फोटले समस्या उत्पन्न भएको समाचारमा उल्लेख छ ।
डिपोमा आज बिहान करीव ढेड बजे लागेको थियो । आग सेनाको डम्पिङ यार्डमा लागेको जनाइएको छ । सोही स्थानबाट डिपोभरि आगो सल्किएको हो ।
आगलागीका कराण थुप्रै व्यक्ति घाइते पनि भएका छन् । घाइतेलाई आइसीयूमा भर्ती गरिएको छ ।
आगलागीबाट कति जनाको मृत्यु भएको यकिन हुन सकेको छैन । हतियार डिपोमा आगो लागेका विषयमा इनक्वाइरी समिति बनाइएको समाचारमा उल्लेख छ ।
रक्षा मंत्री मनोहर पर्रिकर पुलगांवस्थित डिपोको निरीक्षण गर्ने बताइएको छ । – एजेन्सी















प्रतिक्रिया