३१ आश्विन २०८३, शनिबार

नरेन्द्र मोदी चढेको बिमानको आपतकालीन अवतरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi_reutersनयाँदिल्ली, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानलाई आइतबार राति आपतकालीन अवतरण गरिएको छ ।

कर्नाटकबाट दिल्ली आउने क्रममा विमानलाई जयपुर विमानस्थलमा आपतकालीन अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्लीमा अचानक मौसम खराब भएपछि मोदी सवार विमानलाई जयपुरमा आपतकालीन अवतरण गरिएको हो । मोदीलाई जयपुरमा दुई घण्टा राखिएको थियो ।

विमानस्थलमा विमान अवतरण गरेपछि पनि मोदी विमानबाट बाहिर भने निस्किएनन् । उनले विमानभित्रै राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेसँग राजनीतिक भेटवार्ता गरेका थिए ।

मोदीलाई भेट्न मुख्यमन्त्री राजे विमानस्थलमै पुगेकी थिइन् । उनीसँगै राज्यका मुख्यसचिव सीएस राजन, केही मन्त्री पनि विमानस्थल पुगेका थिए । मोदीले विमानभित्रै भेटवार्ता गरेका थिए ।

जयपुरमा प्रधानमन्त्री सवार विमान आपतकालीन अवतरण गर्ने सूचना पाउनासाथ विमानस्थलका अधिकारीहरु र सुरक्षा अधिकारीहरु विमानस्थल पुगेका थिए ।

मोदी जयपुरमै बस्ने सम्भावनालाई समेत ख्यालमा राख्दै सहरको सुरक्षा बढाइएको थियो । तर मौसममा सुधार आएपछि दुई घण्टाको बसाइ सकेर मोदी नयाँदिल्लीतर्फ प्रस्थान गरे ।

दिल्लीमा आइतबार आँधी आउनुका साथै र वर्षा भएको थियो । खराब मौसमका कारण आधा दर्जन उडान डाइभर्ट गरिएको थियो । – एजेन्सी