३१ आश्विन २०८३, शनिबार

श्रीलङ्काद्धारा बाढी पहिरोमा हराएका सय जनाको मृत्यु भएको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

srilinka-Ranil
श्रीलंकाली प्रधानमन्त्री

कोलोम्बो, १५ जेठ । श्रीलङ्काका विभिन्न जिल्लामा गत हप्ताको बर्षा र बाढी पहिरोमा परी हराएका सय जनाको मृत्यु भएको घोषणा सरकारले गरेको छ ।

गतहप्तादेखि नै उनीहरुको खोजीको क्रम जारी रहेको भएपनि ठूलो पहिरोमा पुरिएकोले उनीहरुको जिवीतै उद्वारको कुनै सम्भावना नरहेको सरकारले देखेको हो ।

उक्त पहिरोमा परी कम्तीमा पनि १०० जना व्यक्ति हराएका थिए । शनिबार छैठौँ दिनसम्म पनि उनीहरुको खोजी जारी रहेको थियो । तर सरकारले अब जिवीतै पाउने कुनै सम्भावना नरहेको जनाएको हो ।

यसअघि पनि सो पहिरो र बाढीका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६७ पुगेको थियो । हराएका यी १०० जनाको खोजीलाई पनि सरकारले निरन्तरता दिएको थियो ।

प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार बिहानसम्म दिएको जानकारीमा हालसम्म पनि ती व्यक्ति भेटिने कुनैपनि सम्भावना देखिएको छैन ।

श्रीलङ्काली सरकारी अधिकारीहरूले गतहप्ता दिएको जानकारीअनुसार यस पहिरोमा परी ६७ को मृत्यु हुनुको साथै सयभन्दा बढी व्यक्ति बेपत्ता भएका थिए ।

श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार उक्त बाढीका कारण चार लाख ५० हजार भन्दा बढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् ।

यीमध्ये कैयौँ व्यक्ति घरबारबिहीन भएका छन् । विपद् व्यवस्थापन विभागले उद्वारको कार्य जारी रहेको जनाएको छ ।

श्रीलङ्काको मध्य जिल्ला केगाल्लेमा भारी बर्षापछि दुई वटा इलाकामा गएको भीषण पहिरोको कारण एकै गाउका ३७ व्यक्तिको मृत्यु भएको थियो ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ । सो पहिरो प्रभावित इलाकानजिकै रहेका बासिन्दालाई प्रहरीले अन्यत्रै सुरक्षित इलाकामा सारेको पनि बताइएको छ । रासस/सिन्ह्वा