काठमाडौं, १५ जेठ । सरकारले पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३–०७४ को बजेटमा पत्रकारलाई उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
यो निर्णयले न्यूनतम पारिश्रमिक समेत नपाइरहेका नेपालका पत्रकारहरुलाई थोरै भएपनि राहात हुने सञ्चार मन्त्रालयको विश्वास छ ।












प्रतिक्रिया