१८ कार्तिक २०८३, बुधबार

भैरहवा कारागारबाट १६ कैदी जेलमुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail

– प्रकाश न्यौपाने

भैरहवा, १५ जेठ । कारागारभित्र असल आचारण देखाई कैद जीवनयापन गरेका भैरहवा कारागारका १६ कैदीको कैद मिनाहा भएको छ ।

चार सयजना कैदीवन्दी मध्य १६ जना कैदीले सो अवसर पाएका हुन् । नवौं गणतन्त्र दिवसको अवसरमा नेपालको संविधान-२०७२ को धारा २७६ वमोजिम सरकारको सिफारीशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारभित्र असल आचरण प्रर्दशन गरी ४० प्रतिशत कैद भुक्तान गरेका उनीहरूको कैद मिनाहा गरेकी हुन् । अब कैद मिनाहा पाएका कैदीहरू घर फर्कन पाउने छन् ।

सरकारले गणतन्त्र दिवसको अवसरमा ६५ वर्षभन्दा माथि उमेरसमूहका कैदीहरूमा २५ प्रतिशत कैद पुरा गर्नेहरूलाई रिहा गर्ने र त्यो भन्दा कम उमेरसमूहका ४० प्रतिशत कैद मिनाहा गर्ने निर्णय गरेको थियो ।

भैरहवा कारागारमा रहेका तीनसय ८३ जना कैदीवन्दीमध्य गणतन्त्र दिवसको अवसरमा चोरी, डकौती, ज्यान मार्ने मुद्धाका यहाँका १६ जनाको मात्रै ४० प्रतिशत कैद मिनाहा भई जेलमुक्त भएको जेलर सूर्य यादवले जानकारी दिए । कारागारमा स्थानीय तथा नेपाली बाहेक विदेशी (भारतीय) ७ जना कैदी र ३ जना थुनामा रहेका छन् ।

राणाकालिन पुरानो जीर्ण भैरहवा कारागारमा अहिले लागु औषधका एकसय ७१ जना, कर्तव्य ज्यानका ५८ जना, जर्वजस्ती करणीका ५४ जना, चोरीका १८, डकौतीका १७, सवारी ज्यान दुर्घटनाका १५ जना, ज्यान वेच्ने ११ र ज्यान मार्ने उद्योगका ११ जना कैदीबन्दी रहेका छन् ।

यहाँ क्षमताभन्दा तीनगुना बढी कैदीवन्दीले कारागारभित्र कष्टकर जीवन बिताइरहेका छन् । कारागार अति जीर्ण र सुरक्षा पर्खाल समेत नहु“दा कैदी वन्दीका साथै सुरक्षाकर्मीहरू समेत खतरामा छन् । मधेश आन्दोलन एवं नाकाबन्दीको प्रभावका विच आएको नयाँ संविधान (असोज)देखि कारागारको सुरक्षा नेपाली सेनाले गरिरहेको छ ।