१८ कार्तिक २०८३, बुधबार

दाङमा बाघको छालासहित चीन युवा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang tigerदाङ, १५ जेठ । दाङमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीन जना युवा पक्राउ परेका छन् ।

दाङको त्रिपुर नगरपालिका वडा नम्बर ३ अन्तर्गत सौडीकुला भन्ने स्थानबाट एउटा मोटरसाइकलसहित तीन जनालाई शुक्रबार राति प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा दाङ सौडियार गाविस वडा नम्बर ९ निवासी ४८ वर्षीय मीनबहादुर चौधरी, २४ वर्षीय सगुनलाल चौधरी र वर्षीय २३ महेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीले प्रयोग गरेको रा २ प ३९२५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

रातको समयमा शंकास्पद अवस्थामा देखेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्र्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट साधा पोशाकमा खटिएको हरि थापा र मधु केसीको विषेश टोलीले सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले उक्त बाघको छाला सल्यानबाट बेच्नका लागि दाङ ल्याएको वयान दिएको प्रहरीले बताएको छ ।

उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

एक महिना अघिमात्रै नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रीय ब्युरोको विषेश टोलीले सल्यानबाट बाघको छालाको केही कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।