– मोहन पौडेल
नवलपरासी, १४ जेठ । नेपाली निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले निजामति कर्मचारीले सेवाग्राही प्रति गर्ने व्यवहार बोली वचनमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
कर्मचारीले गर्ने व्यवहारले नै सेवाग्राहीलाई आकर्षित र विश्वासीलो दिलाउन सकिने उहाँले बताउनुभयो ।
निजामति कर्मचारीहरुको आधिकारी ट्रेड युनियन निर्वाचनको सन्दर्भमा नेपाल निजामति कर्मचारी संगठन नवलपरासीको चुनाव परिचालन तथा प्रचारप्रसार समितिको आयोजनामा आज परासीमा भएको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष ढकालले गणतन्त्र आईसक्दा पनि कर्मचारीको संस्कार परितर्वतन हुन नसकेको भन्दै आफनो बानी व्यवहारमा परिवर्तन गरि सेवाग्राहीको मन जित्ने काम गर्न उहाँले सगठनमा आवद्ध कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।
उहाँले जेठ १९गते हुने आधिकारीक ट्रेड युनियन निर्वाचन पछि कर्मचारीमा रहेका यि सवै संस्कारको व्यवस्थापन हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
निजामति कर्मचारी संगठनका अध्यक्ष ढकालले आफनो संगठनलाई एक नम्बरमा आउने गरि चुनाव प्रचारमा लाग्न पनि निर्देशन दिनुभयो ।
निजामति कर्मचारी प्रसासनलाई चुस्त राख्न, सरुवा, बढुवा तथा अन्य सेवा सुविधालाई वैज्ञानिक बनाउन, माथिल्लो तह र तल्लो तहका कर्मचारी विच रहेको विभेद हटाउन निजामति कर्मचारी संगठनलाई जिताउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपाल निजामति कर्मचारी संगठन झुट र भ्रमको खेति गर्ने संगठन नभएको भन्दै प्रक्रियालाइृ अवलम्बन र कानुनको पालनामा जोड दिनुभयो ।
नेपाल निजामति कर्मचारी संगठन चुनाव परिचालन तथा प्रचारप्रसार समितिका अध्यक्ष राजेन्द्र पन्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठनमा आवद्ध जिल्ला भरिका कर्मचारीहरुको सहभागिता रहेको संगठन छवि गिरीले बताउनुभयो ।












प्रतिक्रिया