१८ कार्तिक २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले निजामती कर्मचारी संगठनलाई सहयोग गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vote-election– झलक पाली
डोटी, १४ जेठ । यहि जेठ १९ गते हुन गईरहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र डोटीले नेपाल निजामती कर्मचारी संगठनलाई सहयोग गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले आज शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै निर्वाचनमा निजामती कर्मचारी संगठनलाई सहयोग एवं मतदान गर्ने निर्णय सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका केन्द्रिय सदस्य हिक्मतबहादुर बिष्ट र डोटी जिल्ला अध्यक्ष जिवन नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।

निजामती कर्मचारीहरुको पक्षमा काम गर्ने एक मात्र संगठन नेपाल निजामती कर्मचारी संगठन भएको ठहर गर्दै संगठनलाई सहयोग गर्ने पक्षमा आफुहरु उभिएको राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका केन्द्रिय सदस्य हिक्मत बहादुर बिष्टले बताए ।

मिलन केन्द्रको केन्द्रिय कार्य समितिका दुई तिहाई सदस्यहरुले नेपाल निजामती कर्मचारी संगठनलाई सहयोग गर्ने निर्णय गरिसकेको र जिल्ला तहमा पनि सोही बमोजिम निर्णय गरेको राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र डोटीका अध्यक्ष जिवन नेपालीले बताए ।

स्वतन्त्र कर्मचारी मिलन केन्द्रका सहित सम्पूर्ण सदस्यहरुले नेपाल निजामती कर्मचारी संगठनलाई नै सहयोग र मतदान गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि यति बेला देशभरका निजामती कर्मचारीहरु आ–आफ्नो पक्षमा मत जुटाउन लागि परेका छन् ।