१८ कार्तिक २०८३, बुधबार

नेपाल प्रहरीका सब-इन्सपेक्टरकै सर्टिफिकेट नक्कली भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Logoo

काठमाडौं, १२ जेठ । नेपाल प्रहरीका एक जना सब–इन्सपेक्टरको सर्टिफिकेट नक्कली फेला परेको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धमा कार्यरत प्रहरी नायब निरीक्षक सुधिर विक्रम शाहको शैक्षिक प्रमाण पत्र नक्कली पाइएको हो ।

प्रहरीमा नियुक्त हुनका लागि भारतको बिहारबाट नक्कली प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार शाहले नियुक्ति प्रयोजनको लागि पेश गरेको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटना, भारतबाट सन् १९९५ मा आईए तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर समेत गरेको छ ।