१८ कार्तिक २०८३, बुधबार

युवा संघले प्रेस चौतारीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yaan-meeting

काठमाडौं, १२ जेठ । युवा संघ नेपालले प्रेस चौतारीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्ने भएको छ ।

बुधबार अपराह्न केन्द्रीय कार्यालयमा बसेको युबा संघ केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको बैठकले प्रेस चौतारीको नयाँ नेतृत्वलाई यही जेठ १६ गते स्वागत तथा सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकले युवा संघलाई हाइटेक प्रविधिमा लैजाने र युवा संघका सम्पूर्ण गतिविधिहरुलाई एउटै स्थान (एप्सबाट) विश्वभरी जुनसुकै पल पनि पहुँच पुर्याउने निर्णय पनि गरेको अध्यक्ष राजीव पहारीले जानकारी दिए ।

उनले भने– ‘अब युवाहरुले प्रविधिको प्रयोग गर्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्दछ । जल, जमिन र जडिबुटीको प्रयोग अब युवाहरुले सामूहिक रुपमा गर्दै समृद्ध नेपालको दिशामा लाग्नुपर्छ,’

यसैबीच बैठकले युवा संघले आफ्नो स्थापना दिवसमा गत जेठ १ गते आयोजना गरेको युवा महोत्सव ऐतिहासिक र पूर्ण रुपमा सफल भएको निष्कर्ष निकालेको छ ।

प्रभातविक्रम कटवालको अध्यक्षता र अध्यक्ष पहारीको प्रमुख आतिथ्यता रहेको बैठकमा संघका उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, केन्द्रीय लेखा आयोगका सचिव तेजेन्द्र बहादुर पाण्डे, केन्द्रीय सदस्यहरु फत्त बहादुर गुरुङ, रामजी सापकोटा, रुद्रमान श्रेष्ठ र अन्तर जिल्ला दार्चुला अध्यक्ष नरेश गिरी लगायतको सहभागिता थियो ।