– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, १२ जेठ । मुस्लिम समुदायले विशेष रुपमा आइतबार शब ए बरात पर्व धुमधामसंग मनाएका छन । यस पर्वको छुट्टै धार्मिक महत्व रहेको छ ।
दुई दिनसम्म व्रत अर्थात रोजा बसेर मनाइने यस पर्वमा विगत वर्षहरुको समिक्षा,सम्पन्न गरेका कार्यहरुको लेखाजोखा तथा आगामी आउने वर्षको कार्यहरुको नीति नियम बनाउने र आ–आफ्ना परिवारसंगै बसेर विभिन्न प्रकारका स्वादिष्ट मिठाई खाने चलन रहेको सिद्धार्थनगर–३ खजुरीया,रुपन्देहीका वोजीर पठान बताउँछन । उनका अनुसार शब ए बरात पर्वमा कुरानको पाठ समेत वाचन गरिन्छ ।
मुस्लिम समुदायले यस पर्वमा रातभर मस्जिदमा प्रार्थना गर्ने,गरिब तथा दीन दुःखीहरुलाई दान दिने पनि गर्छन । साथै नमाज, कुरान वाचन र कब्रिस्तानको सुरक्षा र सरसफाई गर्ने तथा कब्रिस्तानमा गई दिवंगत भएका व्यक्तिहरुको लागि प्रार्थना अर्थात दुवा समेत माग्ने गरिन्छ ।












प्रतिक्रिया