१७ कार्तिक २०८३, मंगलबार

जापान सरकारको सहयोगमा आँखा अस्पताल सुबिधा सम्पन्न बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eye hosउदयपुर १२ जेठ । प्राथामिक आँखा केन्द्र उदयपुरलाई सुबिधा सम्पन्न अस्पतालको रुपमा परिणत गरिने भएको छ ।

भवनको अभावमा भाँडा तिरेर सञ्चालनमा ल्याइएको केन्द्रलाई दातृनिकायको सहयोगमा भवन निर्माण गरी अस्पतालमा परिणत गर्न लागिएको हो ।

भवन निर्माणका लागि जापान सरकारले इच्छा देखाएको छ । नेत्र ज्योती संघ उदयपुरको अनुरोधमा जापान सरकारले शान्ति समाज केन्द्र (पेसोक)मार्फत भवन निर्माण गर्ने सोच बनाएको हो । संघकै आग्रहमा भवन निर्माणका लागि जापानका ग्रान्ड एशिस्टेन्स फर ग्रासरुस्स ह्युमन सेक्युरीटी प्रोजेक्टका (न्न्ए) का कार्यक्रम व्यवस्थापक कुरोसाका साकिकोले बुधबार स्थलगत अनुगमन गरेकी छन् ।

उनले संघको भोकाधिकार भित्र रहेको त्रियुगा नगरपालिका १ बाँसबारीको १ बिघा जमिनको स्थलगत अनुगमन गरी भवन निर्माणमा सहयोग गर्ने आश्वसन दिएको अध्यक्ष भागवत राउनले जानकारी दिए । उक्त जग्गा त्रियुगा नगरपालिकाले संघलाई आँखा अस्पताल सञ्चालन गर्न उपलब्ध गराएको अध्यक्ष राउतले बताए ।

भवन निर्माणका लागि जापान सरकारले ८० लाख र नेपाल सरकारले ५ लाख रुपैँया सहयोग गर्ने आश्वसन दिएका छन् । भवन निर्माणसँगै केन्द्रलाई अस्पतालमा परिणत गर्ने र अस्पतालबाट दिईने सेवासुबिधा सामान्य चेकजाँचदेखि लिएर अप्रेशनसम्म दिने तयारी गरिएको अध्यक्ष राउतले जानकारी दिए ।

अस्पतालको अभावमा सामान्य अप्रेशनका विरामीसमेत रकम खर्च गरी सिरहाको लाहानमा पुग्ने गर्दछन् । “जिल्ला छोडनसाथ कति खर्च हुन्छ,” राउतले भने, “उपचार खर्च त छदैछ यसवाहेक खान, बस्न, यातायात खर्च र समय बढि हुने गरेको छ ।”

विगत ८ बर्ष अघिदेखि सञ्चालनमा आएको उपचार केन्द्रले बार्षिक १५ हजार रोगीको उपचार गराउँदै आएको छ । केन्द्रको स्थापनाले सामान्य आँखा रोगीहरु अन्यत्र जानु नपरेको स्थानीयको भनाई छ । सुबिधा सम्पन्न बनाउन सके उदयपुरलाई मात्र नभई छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, धनकुटा र भोजपुर जिल्लाका सर्वसाधारणले समेत सेवा पाउने अध्यक्ष राउतको भनाई छ ।

भवन निर्माणका लागि करिव २ महिना अगाडी नेत्र ज्योती संघ उदयपुरको सहमतिमा पेशोक उदयपुरले भवन निर्माण गर्ने गरी न्न्ए मा प्रस्तावना बुझाएको छ । प्रस्तावनामा करिव डेढ करोडको लगानीमा दुई तले भवन निर्माण गर्ने उल्लेख गरीएको छ । यसका साथै त्रियुगा नगरपालिका, जिल्ला विकास समिति, जिल्ला स्वासथ्य कार्यलयले समेत भवन निर्माणको सिफासिर गरेको जनाईएको छ ।