मलेखु (धादिङ), १२ जेठ । आफ्नै छोरीलाई ललाइफकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ ।
झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिनुभयो ।
आचार्यमार्फत विदेश बेच्न लान लागेको आशङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो । अभियुक्त दुवैलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरीे जनाएको छ ।
धर्मपुत्रीको बलात्कार
यसैगरी ४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस-४ का ४८ वर्षीय एक जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पटकपटक बलात्कार गरेकोे पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालये जानकारी दिएको छ ।
अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । रासस












प्रतिक्रिया