
भक्तपुर, १२ जेठ । भक्तपुरको जगातेमा भएको सवारी दुर्घटनामा सात वर्षीया बालिका गम्भीर घाइते भएकी छिन् ।
मंगलबार साँझ ६ बजे बा ४९ प ३४ १५ नम्बरको मोटरसाइकलको ठक्करबाट भक्तपुर भातेढुकुरकी ७ वर्षीया सरिस्मा पौडेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते बालिकालाई उपचारको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।












प्रतिक्रिया