१८ कार्तिक २०८३, बुधबार

ट्राफिकको जरिवाना व्यवहारिक नभएको भन्दै फिर्ता लिन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

butwal

– विकाश पराजुली
बुटवल, ११ जेठ । ट्राफिक जरिमाना बढाउनु व्यवहारिक नभएको भन्दै विभिन्न यातायात संम्वद्ध संगठनहरुले चरणबद्ध रुपमा सांकेतिक आन्दोलन गर्दै निर्णय फिर्ता लिन माग गरेका छन् ।

सरकारले जेठ १ गते देखि लागु हुने गरी ट्राफिक जरिवाना बढाएपछि यातायात संम्बद्ध संगठनहरुले जरिमाना बढाउँदै दुर्घटना न्युनिकरण हुन नसक्ने भन्दै फिर्ता लिन माग गरेका हुन ।

लुम्बिनी अञ्चल संयुक्त संघर्ष समितिले यातायात व्यवसायी, ढुवानी तथा मजदुरहरु द्वारा घोषित संयुक्त आन्दोलन कार्यक्रम सम्बन्धमा जानकारी दिन बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जरिमाना बढाउनु व्यवहारिक नभएको भन्दै दवाव स्वरुप चरणबद्ध रुपमा सांकेतिक आन्दोलन गर्ने बताएको हो ।

लुम्बिनी अञ्चल संघर्र्ष समितिका संयोजक डिलबहादुर ढुंगानाले भौतिक पुर्वाधारको विकास र सडक प्रयोगकर्ताको चेतना अभिबृद्धि नगरी जरिवाना बढाएर मात्रै ट्राफिक नियमको उल्लघंन र दुर्घटना कमी नहुने बताए । उनले यातायात सम्बन्धी निति नियम तथा परिमार्जन हुँदा यातायात व्यवसायी महासंघ र सरकार बीच आपसी छलफल गरी निती तर्जुमा ल्याउनुपर्नेमा हचुँवाको भरमा सहमति विपरित ऐन लागु गरेको बताए ।

अञ्चलका यातायात व्यवसायी, ढुवानी व्यवसायी संघ, समिति, मजदुर संघ संगठनहरुको जेठ ११ गते बसेको संयुक्त बैठकलेयातायात व्यवसायी महासंघ र मजदुर संगठन बीच छलफल नै नगरी निति निर्माण गरेको भन्दै सांकेतिक आन्दोलन स्वरुप जेठ १३ गते चक्काजाम गर्ने निर्णय गरेको छ ।

सवारी ऐन २०४९ को दफा १६३ र १६४ शंसोधन गरी जरिवाना शुक्क ५ सय देखि १५ सय सम्म सरकारले बढाएको छ । यस अघि २ सय देखि ५ सय सम्म जरिवाना शुल्क रहेको थियो ।

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले आन्दोलन आफुहरुको रहर नभई बाध्यता भएको बताए । उनले ट्राफिक जरिवाना स्वरुप प्रहरीले पाउने प्रोत्साहन स्वरुपको १५ प्रतिशत खारेज हुन समेत माग राखे ।

ट्राफिकले पाउने प्रोत्साहन स्वरुपमको १५ प्रतिशतले ट्राफिकलाई जरिवाना कसरी बढाएर ल्याउन सकिन्छ भन्ने भावनाको विकास हुने हुँदा प्रोत्साहन रकमलाई खारेज गर्न माग गरे । उनले यदि प्रोत्साहन रकम खारेज नभए दुर्घटना न्युनिकरणकै लागि खर्च गरिनुपर्ने धारणा राखे ।

उनले १३ गते गरिने चक्काजाम सवैको कार्यक्रम भएकाले यातायात व्यवसायीहरुको मात्र नबुझिदिन सवैलाई आग्रह समेत गरे । संघर्ष समितिले आज (बुधबार) बुटवलमा कोण सभा समेत गर्दै छ ।

पश्चिम नेपाल बस व्यवसायी संघका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठले लोकतान्त्रिक सरकारले गरेको निर्णय ले सम्पुर्ण यातायात तथा मजदुरहरुको रोजगार संकटमा पर्ने भन्दै तत्काल बार्ताबाट समस्याको समधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरे । बन्दको क्रममा यातायात व्यवसायीहरुनै बन्द विरोधी भएपनि बाध्य भएर आफुहरुले सांकेतिक रुपमा १३ गते विहान ५ बजे देखि साँझ ५ बजे सम्म चक्काजाम गर्न लागेको बताए ।

नेपाल मजदुर संगठनका बरिष्ठ उपाध्यक्ष दिर्घबहादुर के.सीले जरिवाना तिराउनु मात्र समस्याको समधान नभई सरकारले गर्नुपर्ने दायित्व समेत बुझ्न आग्रह गरे ।