महेन्द्रनगर, ११ जेठ । कञ्चनपुरको एक सामुदायिक बनले लोपोन्मुख प्रजातिको पहिचान गरि संरक्षण गर्नका लागि तेइसे बुँदे बार्षिक कार्ययोजना पारित गरेको छ ।
झलारीपिपलाडी नगरपालिका १ गणेशपुरमा रहेको झिलिमिली सामुदायिक बन उपभोक्ता समुहको भेलाले लोपोन्मुख प्रजातिहरुको पहिचान परि संरक्षण गर्न तेईसे बुँदे बार्षिक कार्ययोजना पारित परेको हो ।
झिलिमिली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष अर्जुन साउदले जैविक विविधता संरक्षण गरि जलवायु अनुकुनताका लागि लोपोन्मुख प्रजातिद विजयसालका साथै सम्पूर्ण बनस्पतिहरुको संरक्षण गर्न सामुदायिक बनले आर्थिक वर्ष २०७३÷०७४ का लागि बार्षिक कार्ययोजना बनाएको जानकारी दिनुभयो ।
कार्ययोजना अनुसार सामुदायिक बनले काम गर्दा बन संरक्षणमा दिगो विकास हुने अध्यक्ष साँउदको भनाई छ । जटिबुटी, जैविक विविधाताका रुपमा समेत काम लाग्ने विजयसाल संरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै सामुदायिक बन त्यसतर्फ पनि लागेको अध्यक्ष साँउदले बताउनुभयो ।
बनभित्र रहेका जटिबुटीहरुको संरक्षण गर्न सके यस क्षेत्रका स्थानियहरुले समेत रोजगारी पाउने भन्दै बन जंगल संरक्षणमा योगदान पुग्न उनको भनाई छ ।
यस्तो छ, बार्षिक कार्ययोजना
आगामी आर्थिक बर्षदेखि सामुदायको आय बढाउनका लागि आफ्नै नर्सरी बनाएर विभिन्न प्रजातिका विरुवा उत्पादन गर्नुका साथै बृक्षारोपण गरिने छ । बन क्षेत्रमा अग्नी नियन्त्रण गर्नका लागि ग्रिन युथ, स्वयसेवक, उपभोक्ताहरुलाई तालिम प्रदान गरिने छ ।
बन्यजन्तुहरुको आहाराका लागि घाँसे मैदानको विकास गरिने छ । बनक्षेत्र भित्र शुन्य चरिचरनलाई निरन्तरता दिदै, सामुहको आवादी क्षेत्रमा तारबार गरिनेछ । बन्यजन्तु चराचुरुङ्गीहरुलाई पानी खानका लागि जैविक पोखरीहरु मर्मत सम्भार गरि उक्त पोखरीहरुमा माछापालन गरि आयआयर्जनका कार्यक्रम संचालन गरिनेछ ।
विभिन्न बन क्षेत्र संरक्षणमा लागेका संघ संस्थाहरुको सहयोगमा विपन्न उपभोक्ताहरुका लागि जिविकोपार्नका लागि कार्यक्रम संचालन, समुह क्षेत्रभित्र आवश्यक गाँउ विकासका लागि विभिन्न विकास निर्माणका लागि कार्यक्रम संचालन गरिने छन् । सडक ग्राभिलिङ्ग, विद्यालयलाई फर्निचर सहयोग, खोलानालामा पुल लगायतका समाजिक विकासका कामलाई समेत अघि बढाईने छ ।
ग्रामिण क्षेत्रको खेलकुद विकासका लागि समेत खेलकुदका समाग्री खरिद गरि युवाहरुलाई खेलकुदतर्फ आकर्षण गराईने छ । दाउराको चाप घटाउनका लागि वैकल्पिक उर्जाका कार्यक्रम संचालन गरिने छन् ।
‘जैविक नमुना गाँउ’ सुधारिएको चुलो वितरण हुने छन् । गरिबी न्यूनिकरण गर्नका लागि पशुपालनका कार्यक्रम समेत संचालन हुने छन् । उपभोक्ताहरुलाई निजी जमिनमा वृक्षारोपण गराउनका लागि प्रोत्साहनका साथै उनीहरुलाई निशुल्क बिरुवा उपलब्ध गराईने, खाली जमिनमा समेत बृक्षारोपण गरिने छ ।
वैज्ञानिक वन व्यवस्थापनका लागि सम्बन्धीत निकाय संग माग गरिएको छ । काठ, दाउरा सहजै तरिकाले सर्वसाधारणहरुलाई बिक्रि वितरण गरिने छ । जैविक विविधता संरक्षण गर्नका लागि जलवायु परिर्वतन कार्बन उत्सजन तथा रेड प्लस सम्बन्धी सरोकारवालासित कार्यक्रम संचालनका लागि अनुरोध गर्ने छ । उपभोक्ताहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न शिपमुलक कार्यक्रम संचालन गरिनेछ ।
सामुदायिक बन क्षेत्रमा चोरी तस्करी गर्नेलाई दण्डित र नियन्त्रण गर्नेलाई पुरस्कृत गरिने छ । सामुदायिक बन संरक्षण प्रति आर्कषण बढाउनका लागि उपभोक्ताहरु मध्ये २०लाई आधारभूत कम्युटर तालिम र २० विपन्न महिलाहरुलाई सिलाई कटाई तालिम समेत संचालन गरिनेछ । उक्त बार्षिक कार्यक्रम संचालन गर्नका लागि समुदायिक बन, जिल्ला बन लगायत बन संरक्षणमा काम गर्ने संघ संस्थाहरुसित समन्वयन गरेर गरिने अध्यक्ष साँउदले बताउनुभयो ।













प्रतिक्रिया