१७ कार्तिक २०८३, मंगलबार

सालीको घर गएका भिनाजुको पिशाब फेर्न निस्किदा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ११ जेठ । ताप्लेजुङमा साली भेट्न गएका एक पुरुषको पिशाब फेर्न निस्किदा लडेर मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ताप्लेजुङ नगरपालिका–१ डेरा गरी बस्ने झुना केदेमको झ्यालबाट लडेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित सालीको कोठमा आएको अवस्थामा सोमबार राति पिशाब फेर्न शौचालय जानको लागी झ्यालबाट निस्कने क्रममा लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।