१७ कार्तिक २०८३, मंगलबार

नेकपा (एमाले) सचिवालय सदस्य थारुकोे मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13241258_1207492052624099_1742846862242436975_n– सरु शर्मा

परासी, ११ जेठ । नेकपा (एमाले) नवलपरासीका सचिवालय सदस्य पर्शुराम थारुको मृत्यु भएको छ ।

नवलपरासी जिल्ला क्षेत्र नम्बर ५ का इञ्चार्ज समेत रहनुभएका जहदा गाविस– १ स्थित मझौनी निवासी थारुको आज बिहान करीव ४ बजेको समयमा खेतमा मोटरबाट पानि पट्याउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पानी पट्याउँदा पट्याउने क्रममा बिधुत् सर्ट भई करेन्ट लागेपछि उपचारका लागि पृथ्बीचन्द्र जिल्ला अस्पतालमा ल्याउने क्रममा करीव ६ बजेको समयमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको शव अहिले पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।