१७ कार्तिक २०८३, मंगलबार

मध्यरातको भूकम्पले सर्वसाधारण घर बाहिर निस्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhading-Bhukampaकाठमाडौं, ११ जेठ । धादिङ जिल्लालाई केन्द्र बनाएर आएको भूकम्पको परकम्पले राजधानीसहित आसपासका जिल्लाका सर्वसाधारण त्रसित बनेका छन् ।

सोमबार मध्यराति १२ बजेर ५४ मिनेट जाँदा धादिङको नौबिसे र जीवनपुरको बीचलाई केन्द्र बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्काको काठमाडौं उपत्यकासहित धादिङ, गोरखालगायतका जिल्लामा पनि महशुस गरिएको थियो ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछि त्यसका परकम्प अझैसम्म गइरहेका छन् ।

अहिलेसम्म चार रेक्टर स्केलभन्दा बढीको क्षमताका ४५५ भन्दा बढी परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।