– जानु पाण्डे
कपिलवस्तु, १० जेठ । के तपाई घरेलु मदिराको पारखी हुनु हुन्छ । तपाई घरेलु मदिरा सेवन गर्नु हुन्छ भने आजै बाट वन्द गर्नु होस । किनकी तपाईले सेवन गरेको मदिरामा भेली मात्र नभएर विभिन्न खान नमिल्ने वस्तु मिलेर वनेको फेला परेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकाको वनकट्टीमा सोमवार छापा मार्दा अखाद्य वस्तुहरु फेला परेको हो । मानवको स्वास्थ्यमा प्रत्यक्ष अषर गर्ने अखाद्य वस्तु र फोहर समेत मिसाइएको पाईएको छ । सो स्थानका करिव १ दर्जन उत्पादन स्थालमा एसीड, गोवर, अण्डरवेयर, युरीया जस्ता अखाद्य वस्तु सहितको पास (रक्सी वनाउन राखिएको कच्चा पदार्थ) फेला परेको छ ।
ईलाका प्रसासन कार्यालय चन्द्रौटा, बडा प्रहरी कार्यालय चन्दौटा, विन्दवासीनी ससस्त्र प्रहरी गण, आन्तरीक राजस्व कार्यालय कृष्णनगर र पत्रकार सहितको टोलीले विहान ११ वजे बाट छापा हान्न सुरु गरेको थियो । त्यहाबाट करिव ८ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
हामीले घरेलु मदिरा निमार्ण गर्ने अखडामा छापा मारेका छौ । त्यहा २०० भन्दा वढी पलास्टिकका जरकिनमा मदिरा र कच्चा पदार्थ फेला पारिएको छ । मदिरा र पलास्टिकका भाडालाई प्वाल पारी नष्ट गरीएको कर अधिकृत टेक वहादुर चौधरीले वताउनु भयो । छापा मार्न सुरु गरे पछी मानिसहरुको भागाभाग भएको थियो एक स्थानबाट ५ बटा सम्म मदिरा वनाउने भाडा फेला परेको चौधरीले वताउनुभयो ।

छापा मार्ने क्रममा अबैध मादिरा उत्पादन गर्नका लागि प्रयोग गरिने ३ दर्जन भट्टी समेत फोेडिएको हो । बरामद जर्कीन भित्र रहेका मादिरा खाल्डो खनी पुरिएको र मादिरा उत्पादनमा प्रयोग गर्ने ४० वटा भाडा समेत आप्नो नियान्त्रण लिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश अर्यालले जनकारी दिनु भयो ।
महेन्द्र राजमार्गको छेउछेउमा अबैध रुपमा मादिरा उत्पादन गरी आएका थिए । यहाका मदिरा कृष्णनगर चन्द्रौटा क्षेत्र हुदै भारत सम्म जाने गर्दथ्यो । यहा व्यवसायिक रुपमा घरेलु मदिरा उत्पादन भएकोमा सुचनाका आधारमा छापा हानेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्येले बताउनु भयो ।
यसरी उत्पादन गरीएको मादिरा मानव स्वास्थयमा धेरै अषर पुराउछ । यरीया मिसीएको मदिरा सेवन गर्दा मृगौलामा समस्या हुने र अत्याधिक सेवनले मानिसको मृत्यु समेत हुन सक्ने कपिलवस्तु सामुदायिक अस्पताका डाक्टर दिपेन्द्र चन्दले वताउनु भयो ।
छापा मार्ने क्रममा सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र कुमार श्रेष्ठ , वडा प्रहरी कार्यालय चन्द्रौटाका कृष्ण प्रसाद गौतम, स्थानिय पत्रकारहरुको रोहवारमा छापा हानिएको थियो । बरामद समाग्री वडा प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाइएको छ । प्रहरी सहितको टोली देखेर अबैध मादिरा उत्पादनकर्ता भागेका थिए । स्थानियलाईले सोधपुछ गर्दा कसैको नाम बताउन चाहेनन् ।













प्रतिक्रिया