१७ कार्तिक २०८३, मंगलबार

माओवादी नेताहरूविरुद्ध गालीगलौजमा नउत्रिन घोरासैनीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umesh Ghorashainiकाठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य उमेश घोरासैनीले माओवादी पार्टीहरूको एकीकरण र आफ्नाविरुद्ध आएका समाचारको खण्डन गर्दै विरोधीहरूले गलत प्रचार गरिरहेको बताउनुभएको छ ।

केन्द्रीय सदस्य घोरासैनीले विभाजित भएका माओवादी पार्टीहरू एक भएको देख्न नचाहने सीमित नेता र शक्तिहरूले आफूलाई गलत आरोप लगाएर समाचार सम्प्रेषण गराएको दैनिक नेपाल डटकमसँग बताउनुभयो ।

‘जनयुद्ध लडेर आएको माओवादी पार्टी फेरि एकीकृत हुने प्रयासमा छ’, केन्द्रीय सदस्य घोरासैनीले भन्नुभयो, ‘पार्टी एकता नचाहने शक्ति र सीमित नेताहरूले नेकपा (माओवादी केन्द्र)का साथै त्यसका नेताहरूविरुद्ध व्यक्तिगत आक्षेपमा उत्रिएका छन् । यस्ता कार्यले माओवादी केन्द्रलाई कुनै असर पर्दैन ।’

माओवादी पार्टीहरू एकीकृत भइ नेकपा (माओवादी केन्द्र) बनेपछि विभिन्न नेताहरूविरुद्ध व्यक्तिगत रुपमा विभिन्न आक्षेप लगाउनुका साथै आलोचना हुन थालेपछि केन्द्रीय सदस्य घोरासैनीले त्यसको प्रतिवाद गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

‘जनयुद्धकालीन विषयलाई लिएर अहिले व्यक्तिगत आक्षेप लगाउनु उचित हुँदैन’, उहाँले भन्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)मा घोरासैनी सबैभन्दा कान्छो केन्द्रीय सदस्य हुन् । उनले अबका दिनमा पार्टीले दिने जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्ने समेत उल्लेख गरेका छन् ।