काठमाडौं, १० जेठ । दक्षिण कोरियाले उत्तर कोरियाको सैन्य वार्तासम्बन्धि प्रस्ताव अस्वीकार गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रस्ताव अस्वीकार गरेको दक्षिणले उत्तरसँग कडा शर्त समेत राखेको छ । यदि त्यो शर्त मानेमा वार्ता गर्न सकिने सोल (दक्षिण कोरियाको राजधानी)को भनाई छ ।
उसले प्योंगयांग (उत्तर कोरियाको राजधानी)ले पहिला आफ्ना परमाणु हतियारका जखिरहरु छोड्नुपर्ने दिशामा कदम उठाउनुपर्ने शर्त राखेको हो ।
उत्तर कोरियाका नेता किम जोंग उनले सत्ताधारी वर्कर्स पार्टीको कांग्रेसमा दिएको भाषणका क्रममा क्रममा सैन्य वार्ताको प्रस्ताव गरेका थिए ।
यो प्रास्तावमा जवाफ पठाउँदै सोलले प्योंगयांगको त्यो परमाणु हतियार कार्याक्रम जसको विश्वव्यापी निन्दा भइरहेको त्यसलाई रोक्नुपर्ने र परमाणु निरस्त्रीकरणको दिशामा कदम पहिलो प्राथमिकता हुनुपर्ने शर्त राखेको हो ।
यो शर्तमा उत्तर कोरियाबाठ कुनै प्रतिक्रिया आएको छैन् ।
















प्रतिक्रिया