तनहुँ, १० जेठ । लुटपाट गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१२ गुदुम बस्ने ३७ बर्षीय याम बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार परियारले सोही नगरपालिका–१२ स्थित पानी खोल्सा जंगलमा गोरखा आरुपोखरी घर भई श्रृजना बैंक लघुबित्त दुलेगौडामा कार्यरत २६ बर्षीया सावित्री श्रेष्ठलाई जेठ ६ गते कुटपिट गरि सख्त घाइते बनाएर साथमा रहेको नगद १ लाख ५९ हजार रुपैयाँ र १ थान मोवाईल लुटपाट गरेका थिए ।
लुटपाट गरी फरार भएका परियारलाई प्रहरीले पौवा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा नगद १ लाख १२ हजार ४ सय ३५ रुपैयाँ सहित फेला पारेको थियो । घाइते श्रेष्ठलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया