१७ कार्तिक २०८३, मंगलबार

बाजुराका अधिंकाश बनहरु अतिक्रमण हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura

– भोबिन्द्र शाह
बाजुरा, १० जेठ । बाजुराका अधिंकास ठाउमा रहेका राष्ट्रिय तथा सामुदायिक बनहरु अतिक्रमण भएका छन । नीजी स्वार्थ र ब्यापार गर्ने उद्धेश्यले जिल्लामा पछिल्लो समयमा बन अतिक्रमण बढेको सरोकारवाला निकायले बताएका छन् ।

एक नगरपालिका र २४ गाविस रहेको बाजुरा जिल्लमा बन अतिक्रमण बढ्दै गएको भएपनि यसबारेमा सम्बन्धित निकाय र सरोकारवाला निकायहरु चिन्तित हुन नसकेको सर्वसाधरणहरुको गुनासो रहेको छ । जिल्ला बन कार्यालय बाजुराको तथ्याङक अनुसार हाल पाण्डुसैन वडा नं ७ मा ४ हेक्टर ,खालिका सामुदायिक बन साप्पाटामा ५ हेक्टर, रातो माटो सल्लेरी सामुदायिक बन कुल्देवमाण्डौ ७ सायलमा ३ हेक्टर लोदेनी डाडा पंग्रेनी सामुदायिक बन कोल्टी ५ मा ४ हेक्टर, माणुपातल सामुदायिक बन कैलाशमाण्डौ २ मा २ हेक्टर, सल्लेरी मसान झारी सामुदायिक बनमा कैलाशमाण्डौ ७ मा २ हेक्टर कुणीकोट सामुदायिक बन ब्रह्म्तोला गाविस ३ मा १ हेक्टर र लामाबान्ना सामुदायिक बनमा बह्म्तोला २ मा २ हुक्टर बन क्षेत्र स्थानियहरुले अतिक्रमण गरेको उजुरी आएको जिल्ला बन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख टोपेन्द्र थापाले जानकारी दिए ।

जिल्ला बन कार्यालय बाजुरामा आएका उजुरीको बिबरण बन बिभागमा पुगाइसकेको भए पनि यसका बारेमा बन बिभागबाट कुनै प्रतिक्रिया आए नआएका फाँटवाला बाहेक आफुहरुलाइ कुनै जानकारी नभएको जिल्ला बन कार्यालय बाजुराका कर्मचारीहरुले बताएका छन । यसै गरी बडीमालिका नगरपालिका ९ पोरेखे बन अतिक्रमण गरी स्थानियहरुले होटल संचालन गरेको बडीमालिका नगरपालिका ९ का लक्ष्मीराज पाध्ययाले बताए ।

बह्म्मतोला ६ गडतोलामा रातीमाटो सामुदायिक बन र सोही गाविसको घोडाधपाउने भन्ने ठाउमा स्थानीयहरुले अतिक्रमण गरी पसल संचालन गरेको ब्रह्म्तोला ५ का मनिराम जैशीले बताए । यो समस्या जिल्लाका बिभिन्न ठाउहरुम रहेको भए पनि सम्बन्धित निकायको ध्यान जान नसेको स्थानियहरुको गुनासो रहेको छ ।