बुटवल, ९ जेठ । राईजिङग ईन्टरनेशनल एजुकेशनल बुटवल शाखाका प्रबन्धक निर्देशक गोविन्द बस्नेत सरकारी कागज छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् ।
गत बिहीबार पक्राउ परेपनि बस्नेत पक्राउको बारेमा केही सार्वजनिक भएको छैन् । बुटवलको भुर्कि चोकमा सञ्चालनमा रहेको राईजिङग ईन्टरनेशनल एजुकेशनलबाट व्यक्तिहरुलाई विभिन्न देशहरुमा पठाइदिनेभन्दै किर्ते कागज छाप बनाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अनईएर मिडिया सेन्टरका प्रबन्धक निर्देशक समेत रहेका बस्नेतले दुई महिना अगाडि मात्र राईजिङग ईन्टरनेशनल एजुकेशनल काठमाडौंको शाखा बुटवलमा ल्याएका थिए । उनी बुटवलका ब्रान्च म्यानेजर हुन ।
सरकारी कागज किर्ते गरेको प्रहरीले गोप्य सुचना पाएपछि उनले सञ्चालन गरेको सेन्टरमा छापा मार्दा प्रहरीले गत विहिबार ११ वटा किर्ते कागज र छाप सहित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । उनले राईजिङग ईन्टरनेशनल एजुकेशनल शाखा कार्यालय, अनईयर मिडिया सेन्टर र दर्ता नै नभएको टाईम्स एजुकेशनल एउटै कोठामा सञ्चालन गरेका थिए ।
“विभिन्न छाप, लेटर प्याड सहित उहाँलाई पक्राउ गरिएको हो ।” ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले भने–“मुद्धा दर्ता गरी म्याद थप पश्चात अहिले अनुसन्धान जारी छ ।”
गुल्मी जिल्ला पिपलधारा गाविस वडा नं. ४ स्थायी घर भएका बस्नेतले अनईयर मिडिया सेन्टरबाट रेडियो उद्घोषण, पत्रकारिता, स्टेज उद्घोष लगाएतका विभिन्न तालिमहरु दिने गर्थे भने एजुकेशनलबाट विद्यार्थीलाई अन्य देशहरुमा अध्यायनका लागि पठाउने गर्दथे । “सरकारी कागज, छाप किर्ते उनले एजुकेशनलको प्रयोगका लागि गरेको पाईएको छ” डिएसपी खड्काले भने–“कहाँ–कहाँ, को–को लाई पठाईसके त्यो अनुसन्धान भइरहेको छ ।”
बस्नेत पक्राउ पश्चात घटनालाई गुपचुप राख्ने काम भइरहेको स्रोतले बतायो । बस्नेतलाई बचाउ गर्नका लागि बुटवल उद्योग बाणिज्य संघका एक पदाधिकारी पैसाको चाजोपाचो मिलाउन तल्लीन भएको समेत बताइएको छ ।
बस्नेतले बुटवल उपमहानगर पालिका, बाग्लुङ जिल्लाको दर्लिङग गाविस, गुल्मी जिल्लाको पिपलधारा गाविस, पाल्पाको दोभान, देविनगरमा रहेको प्रगतिनगर युवा क्लव, कपिलबस्तुको गजेडि लगाएतका विभिन्न गाविस तथा सचिवहरुका छाप र लेटर प्याड बनाई किर्ते कागज बनाएको प्रहरीले बताएको छ ।
“विभिन्न छाप र लेटर प्याड बनाएर कसलाई के सिफारि बनाईदिने हो, आफै बनाईदिने र पठाईदिने गरेको अनुसन्धानको प्रारम्भमा थाहा भएको छ” डिएसपी खड्काले भने–“अहिले म्याद थप भएर थप अनुसन्धान भएकाले अरु केही भन्न मिल्दैन ।”
बस्नेतको मुद्धा दर्ता भइसकेको यदि दोषि ठहर भए सरकारी छाप दरखास्त किर्ते अन्तर्गत कारबाही हुने ईलाका प्रहरी कार्यालय बुटवलका सहि बावुराम घिमिरेले जानकारी दिए ।
बस्नेतले विभिन्न समयमा सहयोगार्थका नाममा गरिने साँस्कृतिक कार्यक्रममा पनि मोटो रकम उठाई सहयोग नगर्ने गरेको आरोप समेत उनीमाथि लाग्दै आएको थियो । उनले कतिपय स्थानको कार्यक्रमबाट सहयोग गरेको देखाउँन कुनै व्यक्तिसँग पैसा मागि उसैलाई सहयोग कार्यक्रमको प्रमुख अतिथि बनाई पत्रकार बोलाएर सहयोग गरेको बाहाना समेत गर्ने गरेको स्रोतले बतायो ।













प्रतिक्रिया