काठमाडौं, ९ जेठ । नेपाल विद्यार्थी संघमा क्रियाशिल छात्रा (महिला) नेतृहरुले काठमाण्डौमा आयोजना गरेको ‘नेविसंघमा छात्रा नेतृत्वका चुनौतिहरु’ विषयक कार्यक्रममा सहभागिहरुले नेविसंघको महाधिवेशन र स्ववियु निर्बाचनको मिति तत्काल तोक्न माग गरेका छन ।
लामो समय देखि महाधिवेशन नहुदा नेतृत्व र विद्यार्थीका एजेण्डा अलपत्र परेको बताएका छन । बिगत नौ बर्षदेखि हुन नसकेको महाधिवेशन तथा आठ बर्षदेखि हुन नसकेको स्वबियु निर्बाचनका विषयमा पार्टि तथा नेविसंघ केन्द्रिय समितिले यथेष्ठ चासो नदिएको आरोप समेत कार्यक्रमका बक्ताहरुले लगाएका छन ।
सो कार्यक्रममा नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा महिला संघ अध्यक्ष डा. डिला संग्रौलाले नेपाली कांग्रेस भित्र भातृसंस्थाहरुको महाधिवेशन गर्न नदिने र तदर्थवादि रुपमा चलाउन लामो समय देखि नै विशेष गिरोह लागि परेको हो कि भन्ने आंशका समेत ब्यक्त गरिन । नेबिसंघ पुर्व केन्द्रिय सदस्य नेतृ कृष्ण कुमारी बस्नेत ‘मोट्टी’को संयोजकत्वमा सम्पन्न कार्यक्रम मार्फत नेविसंघमा छात्रा नेतृत्व विकासका लागि देशब्यापि अभियान चलाउने समेत जनाकारी दिएका छन ।
कार्यक्रममा विधानत ३३ प्रतिशत छात्रा नेतृत्व, ‘नेविसंघको नेतृत्व विद्यार्थी उमेर समुहवाटै’ गराउन विधानमा उमेर हदबन्दी, दुई बर्षमा अधिवेशन गर्न नसकिए केन्द्य समिति स्वत बिघटन हुने लगायतका एजेण्डाहरुमा जोड दिईएको थियो । सो अभियानले महाधिवेशन तथा छात्रा-मैत्री विधान निर्माण निमित्त दवाब दिने कुरा संयोजक बस्नेतले जानकारि दिईन ।
कार्यक्रमवाट नेपाली कांग्रेस र नेविसंघ केन्द्रिय समिति समक्ष पेशगर्न तयार पारेका निष्कर्षहरु:
१. विगत नौ बर्षदेखि हुन नसकिरहेको नेविसंघको ११ औ महाअधिवेशनको सुनिश्चितता सहित तत्काल मिति तोकियोस ।
२. लाखौ बिद्यार्थीको नेतृत्व विकाससंग जोडिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ८ वर्षदेखि हुन सकेको छैन । नेबिसंघको तर्फवाट नेतृत्वदायि भुमिका बहन गरि स्वबियु निर्बाचनको मिति तोक्न जोडदार पहल गरियोस ।
३. नेबिसंघको महाधिवेशन प्रत्येक २ वर्षमा हुनैपर्ने अन्यथा केन्द्रिय समिति स्वतः विघटन भई निर्वाचन समिति मार्फत महाधिवेशन गर्ने बैधानिक ब्यबस्था गरियोस ।
४. नेविसंघमा छात्रा नेतृत्व विकासका निमित्त विधानलाई पुर्णत समावेशि बनाउन नेपालको संविधानमा गरिएको राष्ट्रप्रमुख वा उपप्रमुख लगायत राज्यका प्रमुख संरचनामा प्रमुख वा उपप्रमुख मध्ये १ महिला अनिवार्य हुने ब्यबस्थाको मर्मलाई आत्मसात गर्दै नेविसंघको विधानमा पनि सो अनुरुपको ब्यबस्था गरियोस ।
५. नेविसंघको सबै संरचनाहरुमा कम्तिमा छात्राको ३३ प्रतिशत प्रतिनिधित्व हुने वैधानिक सुनिश्चितता गरियोस ।
६. नेविसंघमा लामो समयदेखि देखिएको नेतृत्व बिकासको अबरुद्धता र ‘नेविसंघको नेतृत्व विद्यार्थी उमेर समुहवाटै’ हुनुपर्ने आम विद्यार्थीको मागलाई समायोजन गर्दै नेविसंघ राजनितिमा क्रियाशिल रहने उमेरको हदबन्दी तोकि लागु गरियोस ।
७. नेविसंघलाई राजनितिक मुद्धामा मात्र नभई शैक्षिक र सामाजिक मुद्धामा समेत सिर्जनात्मक भुमिका निर्बाह गर्न सक्ने बनाउन यसको विधान, संरचना, कार्यक्रम र कार्यशैलिमा समेत बृहत्तर परिवर्तनका लागि नितिगत सवालमा सुझाब दिन विशेष संयन्त्रको ब्यबस्था गरियोस ।













प्रतिक्रिया