१७ कार्तिक २०८३, मंगलबार

वीरगञ्जमा साढे पाँच लाख अवैध भारतीय रूपैयाँ भेटियो, एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaपर्सा, ९ जेठ । पर्साको वीरगञ्जमा झण्डै साढे पाँच लाख अवैध भारतीय रुपैयाँ प्रहरीले फेला पारेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बीरगंज उपमहानगरपालिका–५ स्थित चेकजाँच गर्ने क्रममा वीरगंज–१५ बस्ने ३३ वर्षीय रन्जनकुमार साहलाई अबैधरूपमा ओसार पसार गरी ल्याएको ५ लाख ४८ हजार ५ सय भारतीय रूपैयाँसहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

साहलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान बिभाग हरिहर भवन पुलचोक ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।