३१ आश्विन २०८३, शनिबार

चीन र पाकिस्तानलाई तह लगाउन भारतको भयंकर योजना, डील भयो भने…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-1काठमाडौं, ९ जेठ । छिमेकी देशहरु चीन र पाकिस्तानलाई तह लगाउन भारतले ठूलो योजना सार्वजनिक गरेको छ । र यो योजनामा डील हुन बाँकी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले ईरानको भ्रमणमा छन् । दुई दिने भ्रमणका क्रममा उनले थुप्रै महत्वपूर्ण सम्झौता गर्नेछन् । आइतबार त्यसतर्फ प्रस्थान गरेका मोदीले चीन र पाकिस्तानलाई कडा जवाफ दिने खालको उक्त योजनालाई इरान पुगेर मुर्त रुप दिने प्रयास गर्नेछन् ।

यो योजना भनेको इरानसँग चाबहार डील(सम्झौता) हो । यो सम्झौतामा चाबहर पोर्ट (बन्दरगाह)को विकास गर्नु रहेको छ । इरान पनि यो विशाल बन्दरगाहको विकास गर्न चाहन्छ भने भारत यसमा सहयोग तयारै छ ।

इरान उड्नुभन्दा पहिला मोदीले एक ट्वीट गरेका छन् । जसमा लेखेका छन्- ‘चाबहर पोर्ट डील हुने भरोसा छ । यसबाट दुबै देशबीच कारोबार गर्न सहज हुनेछ ।’

यो डील सफल भएमा भारत र इरान सिधा सम्पर्क जोडिनेछ । यसले भारतलाई विकासको गतिमा निकै फाइदा पुगाउनेछ । योजनाको पहिलो चरणमा दुई देशबीच यसको विकासका लागि सम्झौता गर्दैछन् । यसका अलावा ईरानको आयल सेक्टरमा पनि भारतले मद्दत गर्नेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चाबहार पोर्ट तयार भइसकेपछि भारत र ईरानबीच सिधा व्यापार गर्न सकिनेछ । भारतीय अथवा ईरानी जहाजहरु पाकिस्तानको रुट भएर जानुपर्ने छैन् । यो सम्झौतामा अफगानिस्तानको भुमिका पनि महत्वपूर्ण हुनेछ ।

आज साँझ ईरान पुगेर मोदीले ईरानका सबैभन्दा ठूला नेता अयातुल्लाह अली खमेनी र राष्ट्रपति रुहानीसँग भेटवार्ता गर्ने समाचारमा जनाइएको छ ।

(भारतीय पत्रिका न्यूज २४  अनलाइनको सहयोगमा)