१७ कार्तिक २०८३, मंगलबार

अवैध मनि चेन्जर बन्द गर्न युवा संघको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yaan

झापा, ९ जेठ । मेची आँखा अस्पताल परिसरभित्र अवैध रुपमा मनि चेन्जर सञ्चालन गरिएको भन्दै युवा संघ मेचीले बन्द गर्न चेताबनी दिएको छ ।

मेडिकल डाइरेक्टर डाक्टर पुरुशोत्तम जोशी प्रशासनिक प्रमुख सुरज रौनियारलाइ कार्यकक्षमा नै गइ सञ्चालन गरिएको आशिका मनि चेन्जर बन्द गर्न चेताबनी दिएको हो ।

युवा सघँ मेचीको सचिव प्रत्युस राना मगरको नेतृत्वमा गएको टोलीले अस्पताल भित्र गाडी पार्किड् बनाएको भारु रुपैयाको अवैध कारोवार गरेको तथा कालाबजारी गरेकोमा विरोध जनाउदै यस्ता कार्य बन्द गर्न चेताबनी दिएको बताएका छन ।

विगत १वर्ष देखि अस्पताल परिसर भित्र नै मनि चेन्जर सञ्चालन गरिदै आएको मा गुनासो हुरु सुनिदै आएको मा आफुहरुले बाध्य भएर यस्ता कदम चाल्नुपरेको युवा सघँ विर्तामोडका अध्यक्ष मदन बुडाथोकीले बताउनु भयो ।
अस्पतालमा दैनिक ६सय देखि ८ सयसम्म भारतिय विरामी आउने गरेको र विरामीले बोकेर आउने भारतिय रुपैयाको अवैध कारोवारलाई युवा संघले खवरदारी गरेको हो ।

अस्पतालले भारुको कारोवार आफुले नगरेको र कानुन सम्वत रुपमा नै मनि चेन्जर सञ्चालन गरिएको बताए पनि मनि चेन्जर सञ्चालकले आफुहरुलाइ सञ्चालन गर्ने अनुममिती मात्रै दिएको तर अस्पताल आफैे ले भारुको अवैध कारोवार गर्दै आएको बताएको छ। मनि चेन्जर कर्मचारी प्रवेश नेपालले दैनिक १ लाख भारतिय रुपैया भन्दा बढी अस्पतालमा कारोवार भएपनि आफुहरुमा भारु नआउने र त्यो पैसा अस्पतालले काउन्टरले राख्ने गरेको ले आफुहरु समेत पिडित भएको बताउनु भएको छ।

हाल अस्पताल कर्मचारीको आन्दोलनका कारणले पनि अस्पतालमा केही समस्या देखिएको ले पनि भारु रुपैया अलि कम आएको बताउनु भएको छ ।

अस्पतालले मनि चेन्जरको नाम भजाँएर अवैध रुपमा कारोवार गरिरहेको मनि चेन्जरको आरोप छ भनेअस्पतालले भने मनि चेन्जर भारुको कारोवार गरिरहेकोले पनि त्यो विषयमा थाहा नभएको र केही भएको भए खोजी गरि कारवाइ गर्ने बताएको छ ।