१७ कार्तिक २०८३, मंगलबार

मेची आँखा अस्पतालमा कर्मचारीले नै गरे तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Talabandi

– राजकुमार ओली
झापा, ९ जेठ । पूर्वकै व्यस्त मानिएको मेची आँखा अस्पतालमा तालाबन्दी गरिएको छ ।

जिफन्ट मेचीको अगुवाइमा अस्पतालकै कर्मचारी युनियनले प्रशासन कक्ष, स्टोर कक्ष र मेडिकल डाइरेक्टर कक्षमा तालाबन्दी गरेका हुन् ।

मेडिकल डाइरेक्टर डाक्टर पुरुशोत्तम जोशीलाइ कार्यकक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो । कर्मचारी युनियनका अध्यक्ष कविता कार्की कडरियाले आफुहरुको मागलाइ बेवास्था गरेको कारणले बाध्य भएर तालाबन्दी गर्नु परेकोे बताउनुभयो । आफ्ना १० बुँदे मागलाइ पुरा नगरेसम्म आन्दोलन जारी राख्ने र आन्दोलनलाई बेवास्था गरिए जिफन्ट मेचीले कडा आन्दोलन गर्दै देश व्यापी बनाउने तयारी रहेको मेची अध्यक्ष सन्त कुमार राइले बताउनु भएको छ ।

सयौको संख्यामा अस्पतालमा प्रशासनमा गएको टोलीले प्रशासनिक प्रमुख सुरज रौनियारको कार्यकक्षमा समेत तालाबन्दी गरेकोमा रौनियारले जिफन्टको दादागिरी धेरै भएको र अब आफु चुप लागेर नवस्ने प्रशासन गुहार्दै प्रहरीको सहयोगमा आन्दोलन दवाउने बताउनु भएको छ । निकै आक्रामक, उत्तेजक अवस्थामा देखिएका रौनियारलाई सगै रहेका मेडिकल डाइरेक्टर डाक्टर पुरुशोत्तम जोशीले सम्झाएपछि मात्रै अलि शान्त देखिएका थिए ।

विगत लामो समय चैत्रबाट नै चरणबद्द आन्दोलन गर्दै आएका कर्मचारी युनियन ले प्राविधीक नमुना भटराइले आँखा उपचार गराउन आएका विरामीको उपचारकै क्रममा मुत्यु भएको र उक्त मुत्यु नमुनाले गराएको भन्दै निष्काशन गराएका थिए ।त्यही विषयबाट युनियनले नियतवश कर्मचारीलाइ निष्कासन गरिएका लगाएतका विषयमा आन्दोलन गर्दै आएको छ।